लुम्बिनी जनरल इसन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता |
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्युरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ, मार्केटिङ म्यानेजर तीर्थराज पुरी तथा बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र बरिष्ठ मार्के्टिङ म्यानेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो । सम्झौता अनुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।