प्रभु इन्स्योरेन्सको नाफा ३ करोड १ लाख |
काठमाडौं । प्रभु इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ११ लाख रुपैयाँले खुद नाफा आर्जन बढाएर ३ करोड १ लाख रुपैयाँ गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले एक करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा कम्पनीले १७ करोड रुपैयाँको खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले पुनर्बीमा कमिशनबाट झण्डै ४ करोड ३६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ९६ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब कायम गरेको छ । ४६ प्रतिशत हकप्रदबाट पूँँजी कायम गरेको यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ १३ पैसा कायम भएको छ । इन्स्योरेन्सले वित्तीय विवरणमा भने कम्पनीले त्रैमासिक अवधिको कम्पनीको प्रतिशेयर आम्दानी तीन रुपैयाँ मात्र उल्लेख गरेको छ । कम्पनीले जगेडा कोष र बीमा कोषमा पनि सुधार गरेको छ । कम्पनीकोे जगेडा कोषमा १९ करोड रुपैयाँ र बीमा कोषमा ४५ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ६३ लाख रुपैयाँ सञ्चित छ ।
कूल १८ हजार ६७० बीमालेख जारी गरेको कम्पनीले २७ करोड २० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा १२ हजार ९२ बीमालेख नवीकरण भएका छन् । यस अवधिमा कम्पनीले ६०५ दाबी वापत १५ करोड ४३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ५७७ दाबी वापत १३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
कम्पनीका प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६३ गुणा बढी छ ।