गणपति माइक्रोफाइनान्सले आईपीओ जारी गर्दै |
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । संस्थाको हालै सम्पन्न साधारणसभाले सय रुपैयाँ अंकित ३ लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको हो । साधारणसभाले उपयुक्त संस्था भेटेमा मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
२०७३ साल मंसिर २४ गतेदेखि वित्तीय कारोबार शुरु गरेको संस्थाले २०७५ असोज मसान्तसम्मा १३ जिल्लाका २२ वटा शाखा कार्यालयमार्फत ११ हजार ४०२ घर परिवारमा वित्तीय सेवा दिँदै आएको छ ।
शुक्लागण्डकी–३ दुलेगौंडा, तनहुँमा केन्द्रीय कार्यालय रहेको संस्थाले ६३ करोड ५ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाले १५ करोड ३७ लाख रुपैयाँ बचत संकलन गरको छ । त्यस्तै खुद नाफा ४९ लाख ३९ हजार रुपैयाँ पुर्याएको छ ।