एनएलजी इन्स्योरेन्सको नाफा ५ करोड १८ लाख |

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १३.३७ प्रतिशतले बढी हो । गत वर्षको यहि अवधिमा कम्पनीले ४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले यस अवधिमा २१ करोड ८९ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३ करोड ४७ लाख रुपैयाँले बढी हो । कम्पनीले गत वर्ष १८ करोड ४२ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको थियो । यस्तै पुर्नबीमा कमिशनबाट ६ करोड १५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ६४ करोड चार लाख रुपैयाँ छ भने जगेडा कोषको रकम २ करोड रुपैयाँले घटाएर १६ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको जगेडाकोषमा १८ लाख ५५ हजार रुपैयाँ संचित थियो । यस्तै कम्पनीको बीमा कोषमा ७३ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड २१ लाख रुपैयाँ सञ्चित छ । यस अवधि सम्ममा कम्पनीले कुल ४१ हजार २४२ बीमालेख जारी गरी कुल ४३ करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीको ६ हजार ८ सय बीमालेख नविकरण भएका छन् ।
कम्पनीले एक हजार २०४ दाबी वापत २० करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ४४ दाबीका लागि ६८ करोड ५१२ रुपैयाँ भुक्तानी गर्न बाँकी देखिन्छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात २७.२८ गुणा बढी छ ।