एनएमबि माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस शेयर दिने |
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले हाल कायम १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर तिर्न ० दशमलव ७८९५ नगद लाभांश दिने निर्णय गरेको हो ।
एनएमबि माईक्रोफाइनान्स कम्पनीले प्रस्ताब गरेको बोनस सेयर राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
कम्पनीले १५ प्रतिशतका दरले २ करोड ११ लाख ३१ हजार २५० रुपैयाँ बोनस शेयर र उक्त बोनस शेयर वितरण प्रयोजनको लागि हुन आउने कर वापतको शुन्य दशमलव ७८९ प्रतिशतका दरले ११ लाख १२ हजार १७१ रुपैयाँ नगद लाभांश दिने भएको छ । एनएमबिले प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ पुर्याउनेछ ।