ओयो होटल दक्षिण एसियाको सिइओमा आदित्य घोष नियुक्त |

काठमाडौं । ओयो होटेलले भारत र दक्षिण एशियाको सिइओमा आदित्य घोषलाई नियुक्त गरेको छ । ओयो होटल ब्यबसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशियामा इंडिया, नेपाल र अन्य बजार पर्छ । आदित्य २१ बर्ष यही क्षेत्रमा विताएका छन्।

आदित्यको नियुक्तिले कम्पनीको यात्रामा भारत लगायत संसारका अन्य देशहरुमा सबै भन्दा लोकप्रिय र रुचाईएको होटलको श्रृंखला, होम्स र लिविंग स्पेस अझै बढदै जाने ओयो होटल एंड होम्सका संस्थापक एवं समूह सीईओ रितेश अग्रवालले बताए । आदित्यले अग्रवाललाई रिपोर्टिङ गर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।