प्राइम बैंकको नयाँ शाखा सभापोखरी गाउँपालिकामा |

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हालै सभापोखरी गाउँपालिकामा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखा कार्यालयको बैंकका सञ्चालक गजेन्द्र विष्टले उद्घाटन गरेका हुन् ।
सो शाखाको उद्घाटनसँगै अब बैंकको शाखा संख्या ६५ पुगेको छ । सो अवसरमा सञ्चालक विष्टले बैंकले शाखा विस्तारलाई निरन्तरता दिने बताउँदै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरूलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताए ।
उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरूको उपस्थिति रहेको थियो ।