सेतो टाइल सफा गर्ने तरीका |
सेतो टाइल चाँडै फोहोर हुने गर्छ । सानो दाग वा केही छिटाले पनि सेता टाइल्सको चमक हराउन सक्छ । तर, यस्ता टाइल्स सधैं आकर्षक बनाउन केही उपाय छन् । टाइल्स सफा र चमकदार राख्दा घरको शोभासमेत बढ्छ । निम्न घरेलु सामग्रीको प्रयोग गरी सेता टाइल्सको सफाइ गर्न सकिन्छ
पानी
पानीले सबैभन्दा सजिलोसँग टाइल्स सफा गर्न सकिन्छ । एउटा कपडा भिजाएर दाग भएको ठाउँमा पुछ्दा टाइल्समा भएका दाग कम हुन्छन् । त्यसरी सफाइ गर्दा टाइल्समा पुनः चमक ल्याउन सकिन्छ ।
अक्सिजन ब्लिच
सेतो टाइल्सको सफाइका लागि अक्सिजन ब्लिच पनि एक राम्रो उपाय बन्न सक्छ । एउटा भाँडामा २५ प्रतिशत अक्सिजन ब्लिच र ७५ प्रतिशत पानी मिसाएर स्क्रब अथवा ब्रशले दाग लागेको भाग वा पूरै टाइल्स सफा गर्न सकिन्छ । यसो गर्दा सबै दाग हटाउन सकिन्छ ।
सिरकाको घोल
एक बाल्टिन पानीमा आधा कप सिरका मिसाएर सेतो टाइल्सको सफाइ गर्न सकिन्छ । सिरकाको घोलले टाइन्सका सबै दाग हटाउन सहयोग पुग्छ ।
डिटर्जेण्ट पाउडर र अमोनिया
किचेनको टाइल्समा लाग्ने मैनबत्तीको दाग हटाउनका लागि डिटर्जेण्ट पाउडर र अमोनियाको घोलको प्रयोग राम्रो उपाय हो । यस घोलमा कुनै कपडा भिजाएर दाग लागेको ठाउँमा सफा गर्दा सबै दाग हटाउन सकिन्छ ।
यसरी सेतो टाइल्स वा मार्बलमा रहेको कडा दाग पनि हटाउनुहोस् ।