सोल्टी होटलद्वारा २६.३१ प्रतिशत लाभांश दिने घोषणा |
काठमाडौं । सोल्टी होटलले बोनस र नगद लाभांश घोषणा गरेको छ । कम्पनीले २६.३१ प्रतिशत लाभांश प्रस्ताव सहित पुस २६ गतेका लागि साधरण सभाको मिति तोकेको छ ।
होटलले १० प्रतिशत बोनस सेयर र १६.३१ प्रतिशत नगद गरी कूल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । होटलले साधारण सभाका लागि मंसिर २६ गते बुक क्लोजको मिति तोकेको छ । होटलको लाभांश पाउन मंसिर २५ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।
होटलको हाल चुक्ता पूँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि उक्त पूँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।