शिखर इन्स्योरेन्सको नाफा १० करोड माथि |
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु मध्ये अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीको यो मुनाफा गतवर्षको सो अवधिको तुलनाभन्दा १० दशमलव ६४ प्रतिशतले बढी हो । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले ९ करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
१ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी भएको शिखरले जगेडाकोषमा २९ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा ९० करोड ४० लाख रुपैयाँ र महा विपत्ति कोषमा ५ करोड २९ लाख रुपैयाँ छुटाएको छ । सार्वजानिक वित्तीय विवरण अनुसार कम्पनीले यो अवधिमा ८७ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने ३६ करोड ८ लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ ।
शिखरले १ हजार ८ सय ९३ भुक्तानी संख्याबाट ३६ करोड ८ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ३ हजार १ सय ९८ वटाबाट भुक्तानी संख्याबाट ८२ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकि रहेको देखिन्छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३९ रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४६ पैसा, मुल्य आम्दानी अनुपात २२ दशमलव ५ गुणा र प्रतिशेयर कुल सम्पतिको मूल्य ४०५ रुपैयाँ ९९ पैसा रहेको छ ।