युनिलिभरको नाफा ११ प्रतिशतले वृद्धि |
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १० दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३० करोड १७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभरले जगेडाकोषमा २ अर्ब १४ करोड १६ लाख रुपैयाँ राखेको छ । कम्पनीको कुल सम्पत्तिमा ६ दशमलव २४ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले विक्रीमा २१ दशमलव ३८ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ गरेको छ ।
युनिलिभर नेपाल लिमिटेडको पहिलो त्रैमासमा प्रति शेयर आम्दानी ३ सय ६३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २१ गुणा, प्रति शेयर नेटवर्थ २ हजार ४ सय ३१ रुपैयाँ र तरलता अनुपातको २ दशमलब ४४ प्रतिशत रहेको छ ।