नेको इन्स्योरेन्सको पहिलो त्रैमासमा नाफा रू. ५ करोड ६७ लाख | बीमा शुल्क आर्जन साढे ३० करोड
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५६.९१ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले तीन महिनामा ५ करोड ६७ लाख रुपैयाँ नाफा गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले सो अवधिमा खुद बीमा शुल्क आर्जन २९.०७ प्रतिशतले बढाएको छ । तीन महिनामा खुद बीमा शुल्क ३० करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गतवर्षभन्दा दाबी भुक्तानी ६६.७९ प्रतिशतले बढेको छ । तीन महिनामा १३ करोड १४ लाख रुपैयाँको दाबी भुक्तानी गर्दा पनि अझै १७ करोड ४१ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकमको ब्याज र अन्य लगानीबाट प्राप्त हुने आम्दानी ६१.२ प्रतिशतले वृद्धि भएको छ । यस्तो आम्दानी तीन करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीले बीमा समितिको निर्देशन अनुसारको पूँजी जुटाइसकेको छ । एक वर्षको अवधिमा चुक्ता पूँजी ६५ प्रतिशतले बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा ३६ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ ।