बुटवल पावर कम्पनीको नाफामा ३८ प्रतिशतले वृद्धि |
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफामा १० करोड ३८ लाख रुपैयाँ गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ३८ दशमलव ८५ प्रतिशतले वृद्धि हो । कम्पनीले गत वर्षको सोहि अवधिमा मुनाफा ७ करोड ४७ लाख रुपैयाँ कमाएको थियो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ रहेको छ । कम्पनीको बिक्री १९ करोड ९९ लाख रुपैयाँ रहेको छ । ग्रस नाफा ११ करोड ६६ लाख रुपैयाँ रहेको छ । संचालन मुनाफा ९ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ ।
बुटवल पावरको प्रतिशेयर आम्दानी ४ दशमलव ६८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय १ दशमलव ९२ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ९८ दशमलव ११ रुपैयाँ रहेको छ ।