सिभिल बैंकले नाफा १८ करोड ५० लाख |
काठमाडौं । सिभिल बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैकले १८ करोड ५० लाख रुपैंया खुद नाफा कमाएको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा झण्डै ६४ प्रतिशले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ११ करोड २८ लाख रुपैंया खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको यसै अवधिमा ५ अर्ब १८ करोड ५२ लाख रुपैंया चुक्ता पूँजी हुँदा बैंकको प्रतिशेयर आम्दानी आठ रुपैंया ७० पैसा थियो । अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैंया हुँदा प्रतिशेयर आम्दानी ९ रुपैयाँ २४ पुर्याएको हो । यसले बैंक पूँजी वृद्धिसँगै कमाई पनि बढाउने बाटोमा लम्किएको देखिन्छ ।
बैंकले वित्तीय विवरणमा भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९५ पैसा मात्र रहेको देखाएको छ । फ्रि प्रोफिटलाई चुक्ता पूँजीमा गणना गरी ९३ दिनको कमाईलाई वार्षिकीकरण गरेर बैंकले यस्तो प्रतिशेयर आम्दानी देखाएको हो । बैकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३९ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ४१ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ ।
गत बर्षको तुलनामा लगानी आक्रामक बन्दा खुद व्याज आम्दानीमा पनि ८० प्रतिशतले बढोत्तरी भएको छ । समीक्षा अवधिमा बैकको खुद व्याज आम्दानी ३२ करोड ५० लाखबाट बढेर ५८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैकले सन्चालन मुनाफा पनि बढाएको छ ।
बैकको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ६६ पैसा छ । गत आर्थिक वर्षको यसै त्रैमासमा बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २९ पैसा थियो ।