आईएमई जनरल इन्स्योरेन्सको मंसिर ९ गते बुक क्लोज |

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।
कम्पनीले शेयरधनीमाझ ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । सो मात्राको शेयर जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रदपश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड रुपैयाँ नाघ्नेछ । पछिल्लो समय कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ पुगेको छ ।