एशियन लाइफ इन्स्योरेन्स नाफा १ करोड ६९ लाख |
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख रुपैयाँ मुनाफा कमाएको छ । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ मुनाफा कमाएको थियो । कम्पनीको यो मुनाफा गतवर्षको सो अवधिको तुलनाभन्दा ७ दशमलव ०४ प्रतिशतले बढी हो ।
१ अर्ब २५ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी भएको एशियनले जगेडाकोषमा २६ करोड ६८ लाख रुपैयाँ, जीवन बीमा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ र महा विपत्ति कोषमा ३ करोड ७२ लाख रुपैयाँ छुटाएको छ । सार्वजानिक वित्तीय विवरण अनुसार कम्पनीले यो अवधिमा १६ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने दाबी भुक्तानी ९४ करोड ५० लाख रुपैयाँ गरेको छ ।
कम्पनीको कुल कायम रहेको बीमालेख संख्या २ लाख १९ हजार ६३९ वटा रहेको छ भने ३ हजार २ सय ९१ भुक्तानी संख्याबाट भुक्तानी ९४ करोड ५० लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ८६ वटाबाट भुक्तानी संख्याबाट १ करोड ७० हजार ५७ रुपैयाँ दावी भुक्तानी गर्न बाँकि रहेको देखिन्छ ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १ रुपैयाँ ३५ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २४ पैसा, मुल्य आम्दानी अनुपात ४३६ गुणा र प्रतिशेयर कुल सम्पतिको मूल्य १२५४ रुपैयाँ २८ पैसा रहेको छ ।