एनआईसी एशिया बैंकले १० प्रतिशत बोनस दिँदै |
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको शुक्रवार बसेको सञ्चालक समिति बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने बैंकले जानकारी दिएको छ । बैंकले गत आर्थिक वर्ष वार्षिक विन्दुगत आधारमा कर्जा तथा लगानी ४८ अर्ब अर्थात् ६७ प्रतिशतले बढाएर १२० अर्ब तथा निक्षेप ६४ अर्ब अर्थात् ७३ प्रतिशतले बढाएर १५२ अर्ब पुर्याएको थियो ।
त्यस्तै, ०७५÷०७६ को पहिलो त्रैमाससम्ममा बैंकले कर्जा बढाएर १३९ अर्ब तथा कुल निक्षेप १६३ अर्ब पुर्याइसकेको छ । बैंकले असोजसम्म ७५ करोड ५३ लाख नाफा गरेको छ । बैंकको प्रतिशेयर आम्दानी ३६.७८ रुपैयाँ छ ।