नेत्रबहादुरले जिते आईएमईको ‘दशैंमा बीस लाख’ योजनाको १ लाख |
काठमाडौं । आईएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको ‘दशैंमा बीस लाख’ योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषित गरेको छ । क्योदाइ रेमिट्यान्स जापानबाट नेपालमा आईएमई गर्ने आईएमई सेवाग्राही नेत्रबहादुर मल्लले ‘लक्की ड्र’ बाट पहिलो महिनाको १ लाख उपहार रकम जित्न सफल भएका हुन् ।
उपहार रकम आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले उपहार विजेता नेत्रबहादुरको सिफारिशबमोजिम रीता सुनुवारलाई हस्तान्तरण गरेका हुन् ।
आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख सञ्चालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेलको उपस्थिति रहेको थियो ।
गत असोज ७ गतेदेखि शुरू भई आगामी मङ्सिर मसान्तसम्म लागू हुने उक्त योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एक जना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सय जना सेवाग्राहीहरू विजेता घोषित भइसकेका छन् ।
योजना अवधिमा विदेश तथा स्वदेशबाट आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी थिए । योजना अवधिमा भएका ट्रान्जेक्सनलाई आईएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरी ‘लक्की ड्र’ बाट छनोट हुने विजेतामध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आईएमई पे’ मार्फत १ हजारको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख नगद प्रदान गरिनेछ ।
आईएमईले ‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिशबमोजिम नेपालमा रहेका आफन्तलाई समेत पुरस्कार प्रदान गरेको छ ।