लक्ष्मी बैंककोे खुद नाफा ३० करोड ३० लाख |
काठमाडौं । लक्ष्मी बैंंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ३४.११५ धेरै हो । गत वर्ष लक्ष्मीले २२ करोड ५९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैकले वितरण योग्य नाफा पनि १७ करोड ९ लाख ८८ हजार रुपैयाँबाट बढाएर २५ करोड १३ लाख ७ हजार रुपैयाँ पुर्याएको छ । लक्ष्मी खुद ब्याज आम्दानी २७.१३५ र सञ्चालन नाफा ४०.६३५ ले बढोत्तरी गर्न सफल भएको हो । गत वर्ष ५८ करोड २० लाख रुपैयाँ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा बढाएर ७४ करोड २९ हजार रुपैयाँ पुर्याएको छ ।
सञ्चालन नाफा पनि ३३ करोड ५२ लाख रुपैयाँबाट वृद्धि गरी ४७ करोड १४ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । यो त्रैमास सम्ममा लक्ष्मीले ६९ अर्ब ७ करोड २५ लाख ७९ हजार निक्षेप संकलन गरी ६४ अर्ब ६२ करोड ७० लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।
गत वर्ष ५८ करोड ६४ लाख निक्षेप संकलन गरी ५४ अर्ब ३७ करोड २ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ४ अर्ब ११ करोड २२ लाख ३९ हजार रुपैयाँ देखिन्छ । खराब कर्जा १.५०५ रहेको छ । गत वर्ष खराब कर्जा १.७८५ थियो । लक्ष्मीको प्रतिसेयर नेटवर्थ भने १५० रुपैयाँ २ पैसा रहेको छ ।