मेगा बैंकको खुद नाफामा ४० करोड ४५ लाख |
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै अवधिमा भन्दा ३९४.४८५ ले नाफा बढाएको हो । गत वर्ष मेगाले ८ करोड १८ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । पहिलो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा २३ करोड ६१ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
मेगाले ६६ अर्ब ११ करोड ९८ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६२ अर्ब २४ करोड ९६ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष मेगाले ३९ अर्ब ८४ करोड ९१ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब ७० करोड ८७ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले खराब कर्जा १.६७५ बाट घटाएर १.०८५ मा झारेको छ ।
मेगाको खुद ब्याज आम्दानी १७७.१५५ ले बढेर ९२ करोड ८१ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा ३३ करोड ४८ लाख ९२ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि ३९२.८८५ ले बढाएर ५७ करोड ७१ लाख १५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा ११ करोड ७० लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
मेगाको चुक्ता पुँजी १० अर्ब २८ करोड ५५ लाख २७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यसको चुक्ता पुँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ मात्र रहेको थियो । जगेडा कोषमा २ अर्ब ८० करोड ७५ लाख ६० हजार रुपैयाँ जम्मा भएको छ । गत आवमा १ अर्ब ३५ करोड २८ लाख ४७ हजार रुपैयाँ थियो । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८८ पैसाबाट बढेर १५ रुपैयाँ ४४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३० पैसा रहेको छ ।