सेञ्चुरीको खुद नाफा २७ करोड ४० लाख |
काठमाडौं । सेञ्चुरी कर्मर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यही समयको तुलनामा बैंकले १३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैकले खुद नाफामा १०४.७८ प्रतिशतले प्रगति हासिल गरेको छ ।
यस अवधिमा बैंकले २० करोड ७६ हजार रुपैयाँ वितरण योग्य नाफा गरेको छ । गत वर्ष बैंकको फ्रि प्रोफिट १० करोड ५७ लाख रुपैयाँ रहेको थियो । बैंकले चालू आवको प्रथम त्रैमासम्ममा ६२ अर्ब ३७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ५७ अर्ब ५४ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिमा बैंकले ३७.५३ प्रतिशतले निक्षेप संकलन गर्दा कर्जा विस्तार ४४.३३ प्रतिशतले बढाएको छ । गत आवको प्रथम त्रैमासमा बैंकले ४५ अर्ब ३५ करोड निक्षेप संकलन गरेर ३९ अर्ब ८६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
गत वर्षको यसै अवधिमा ९ रुपैयाँ ८० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसामा वृद्धि भएको छ । बैंकको नेटवर्थ भने १२५ रुपैयाँ ९८ पैसाबाट घटेर ११७ रुपैयाँ १५ पैसा कायम भएको छ । यसको मूल्य आम्दानी अनुपात १९.२३ गुणा रहेको छ ।