मिसन डेभलपमेन्ट बैंकको खुद नाफा १ करोड ९ लाख |
काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २२.६० प्रतिशतले कम हो । गत वर्षको प्रथम त्रैमासमा बैंकले एक करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको कर्मचारी खर्च र अन्य संचालन खर्च वृद्धि हुदो नाफा घटेको हो ।
चालू आवको प्रथम त्रैमाससम्ममा बैंकले ७०.१२ प्रतिशले कर्मचारी खर्च बढाएको छ भने ७४.६१ प्रतिशतले अन्य संचालन खर्चमा बढोत्तरी भएको छ । गतबर्षको यसै अवधिको तुलनामा बैंकको बार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६२ पैसाले गिरावट आएको हो । यस वर्ष बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४१ पैसामा सिमित छ । गतबर्ष बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३ पैसामा कायम थियो ।
चुक्ता पूँजी ५१ करोड ९२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १२ करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।
चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले ४ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १०.५० प्रतिशतले धेरै हो । गतवर्षको प्रथम त्रैमासमा बैंकले तीन करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकमा निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत छ । बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ४८ पैसा छ भने मूल्य आम्दानी अनुपात ७८.९५ गुणा बढी छ ।
असोज मसान्तसम्ममा ४ अर्ब ३० करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले तीन अर्ब ८६ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गतबर्षको सोही अवधिको तुलनामा बैंकले ४८.१८ प्रतिशतले निक्षेप संकलन बढाएको छ भने ४६.३४ प्रतिशतले कर्जा प्रवाह बढाएको छ ।