हिमालयन जनरल इन्स्योरेन्सको नाफा ८१.४९ प्रतिशतले वृद्धि |
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २३ लाख रुपैया मात्रै नाफा गरेको थियो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८१.४९ प्रतिशतले बढी हो ।
कम्पनीले हालसम्म ४५ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने खुद बीमा शुल्क ९ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १८ लाख रुपैयाँले कम हो । गत वर्षको यस अवधिमा १० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा पुर्नबीमा कमिशन वापत ४ करोड ८४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । कुल १ हजार ४७१ दाबी वापत ७ करोड ५१ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको छ । भने १ हजार २७१ दाबी वापत १ अर्ब ५१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
एक अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १७ करोड २९ लाख रुपैयाँ र बीमा कोषमा ४२ करोड ७७ लाख रुपैयाँ संचित छ । कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा, प्रति शेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा पिई अनुपात १०४.२३ गुणा बढी छ ।