गोल्डफिश इण्टरनेशनल नेपालका लागि एसएमएल ईसुजुको आधिकारिक विक्रेता |

काठमाडौं । गोल्डफिश इण्टरनेशनल अब एसएमएल ईसुजु सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता बनेको छ । एसएमएल ईसुजु, इण्डिया र नेपालका लागि गोल्डफिश इण्टरनेशनल प्रालिबीच हालै सोसम्बन्धी सम्झौता भएको हो । गोल्डफिश इण्टरनेशनल लक्ष्मी समूहअन्तर्गतको सहायक संस्था हो ।
उक्त सम्झौतासँगै अब गोल्डफिश इण्टरनेशनल प्रालिले नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने सवारीसाधन उपलब्ध गराउने भएको छ । नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल ईसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरू लिएर आएको छ ।
प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक थ्रीएस सेवा र एक २एस सेवा सुविधा शुरू गर्न गइरहेको छ । त्यसैगरी, पोखरामा एक थ्रीएस सुविधा, बनेपामा एक २एस सुविधा, पाँच खालमा एक २एस सुविधा र धादिङमा एक २एस सुविधा शुरू गरिने कम्पनीले जानकारी दिएको छ । आगामी दिनमा ती सेवाहरू इटहरी, नुवाकोटको विदुर, दाङ, हेटौंडा, भैरवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा शुरू गरिने कम्पनीले बताएको छ ।
गोल्डफिश इण्टरनेशनल प्रालिले उत्कृष्ट सेल्स र सर्भिस प्रदान गर्नका लागि १ लाख स्क्वायर फिटमा नैकापको गुर्जुधारामा एसएमएल ईसुजु फ्लागसिप ३ एस सेण्टरको निर्माण गरिरहेको छ ।