नेपाल बंगलादेश बैंकको खुद नाफा ३१.४०५ ले बढ्यो |
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड १९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा २२ करोड ९७ लाख ७५ हजार रुपैयाँ रहेको बैंकको खुद नाफा अहिले ३१.४०५ ले वृद्धि भएको हो ।
बैंकको वितरणयोग्य नाफा भने २२ करोड १ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत वर्ष वितरणयोग्य नाफा रकम १५ करोड ४० लाख १० हजार रुपैयाँ थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ३४ करोड २८ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा १०१.३४५ ले बढोत्तरी गरेर ६९ करोड ३ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ ।
त्यस्तै सञ्चालन नाफा पनि ३२ करोड ६० लाख ७१ हजार रुपैयाँबाट ३८।१९५ को वृद्धि हुँदै ४५ करोड ६ लाख १ हजार रुपैयाँ पुगेको छ । बैंकले ४७ अर्ब ६ करोड ९६ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ४१ करोड २८ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
खराब कर्जा भने ०.७३५ बाट बढेर १.५५५ पुगेको छ । हाल नेपाल बंगलादेश बैंकले चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । जगेडा कोषमा ४ अर्ब ६ करोड ४० लाख ९४ हजार रुपैयाँ छ । यसको कस्ट अफ फन्ड ७।४३५ रहेको छ । कर्जा निक्षेप अनुपात ७९.४७५ र बेस रेट १०.८४५ छ ।
बैंकको प्रतिसेयर आम्दानी भने दोब्बरले बढेर १४ रुपैयाँ ९३ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६२ पैसा मात्र थियो । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ रहेको छ ।