इन्भेष्टमेन्टको कमाई अर्ब नाघ्यो, खुद नाफा १७।८४५ बढ्दा इपीएस ३९.६३ रुपैयाँ |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै खुद नाफा १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको यही अवधिमा ८९ करोड ४९ लाख ९४ हजार रुपैयाँ रहेको खुद नाफा कमाएको थियो । यसपालि १७.८४५ प्रतिशतले नाफामा वृद्धि भएको हो । पहिलो त्रैमासमा बैंकले वितरणयोग्य नाफा पनि खुद नाफा जति नै देखाएको छ ।
इन्भेष्टमेन्ट बैंकले खुद ब्याज आम्दानी २०.२०५ ले बढाएर १ अर्ब ५९ करोड ३६ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, सञ्चालन नाफा १ अर्ब ५० करोड ६६ लाख ७१ हजार रुपैयाँ रहेको छ । हाल इन्भेष्टमेन्टको निक्षेप संकलन १ खर्ब ४१ अर्ब २१ करोड १६ लाख ७० हजार रुपैयाँ र कर्जा लगानी १ खर्ब २४ अर्ब ६० करोड ८३ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै खराब कर्जा भने १.०४५ बाट बढेर १.२१५ पुगेको छ । यसैगरी, कस्ट अफ फन्ड ६.०८५ बाट बढेर ६.२७५ पुगेको छ । पहिलो त्रैमासको अन्त्यसम्म यो बैंकको बेस रेट ९।०३५ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ । यसको रिजर्भ कोषमा उल्लेख्य सुधार भएको छ ।
गत वर्ष ८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ मात्र रहेको रिजर्भ कोषमा अहिले १५ अर्ब ६४ करोड १६ लाख ६० हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी पनि ३३ रुपैयाँ ६९ पैसाबाट बढेर अहिले ३९ रुपैयाँ ६३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २४६ रुपैयाँ ९३ पैसा छ ।