मुक्तिनाथ विकास बैंकको ५ लाख सहयोग मुक्ति क्षेत्र विकास समितिलाई |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले मुस्ताङको एक संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्ति क्षेत्र विकास एवम् स्थानीय संरक्षण समिति, मुस्ताङलाई मुक्तिनाथ मन्दिर क्षेत्रभित्र निर्माण भएको नर्सिङ गुम्बापरिसर सुधार गर्न ५ लाख सहयोग गरेको हो ।
उक्त रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले मुक्ति क्षेत्र विकास एवम् स्थानीय संरक्षण समिति, मुस्ताङका प्रमुख बाङ्ग्याल लामालाई हस्तान्तरण गरेको बैंकले जानकारी गराएको छ ।