एनआईसी एशियाको नाफा १०८ प्रतिशतले बढ्यो |

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकले १०८.९१ प्रतिशतले नाफा बढाएको छ । बैंकले यस अवधिमा ५८ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत वर्षको सोही अवधिमा बैंकको नाफा २७ करोड ७९ लाख रुपैयाँ थियो । बैंकले १ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३९ अर्ब ऋण लगानी गरेको छ । बैंकले १ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । बैंकको प्रति शेयर आम्दानी १३ रुपैयाँबाट ३६ रुपैयाँ पुगेको छ ।