सानिमा माई हाइड्रोपावरको खुद नाफा ४ करोड बढयो |
काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिको तुलनामा यो ४ करोड ४० लाख रुपैयाँले बढी हो ।
गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड ९२ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २८ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ छ ।