गण्डकी विकास बैंकको ९०.६५ प्रतिशतले खुद नाफा बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गण्डकी विकास बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९०.६५ प्रतिशतले धेरै हो ।
गत वर्षको पहिलो त्रैमासमा बंैकले ५ करोड ३९ लाख रुपैया खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी बढाउदा र जोखिम व्यवस्थापनमा कटौती गर्दा बैंकले नाफा बढाउन सक्षम भएको हो ।
यस त्रैमासमा बैंकले २३ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा १६.५० प्रतिशतले धेरै हो । दुई अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ११ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।
असोज मसान्तसम्म २३ अर्ब ७२ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २१ अर्ब २४ करोड ३३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १९ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेर १६ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकमा निष्कृय कर्जाको अनुपात ०.४६ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६३ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.५१ गुणा बढी छ ।