५ हजार र १० हजार दरका नोट छाप्नुपर्छ ː बैंकर्स संघ |
काठमाडौं । बढदै गएको मूल्य बृद्घिलाई ध्यानमा राख्दै ५ हजार र १० हजार दरका नोट छाप्नु पर्ने सुभाव आएको छ । अहिले एक हजार रुपैयाँ लिएर हिँड्दा केही पनि नआउने भन्दै राष्ट्र बैंकले ५ हजार र १० हजार दरका नोट छाप्नु पर्ने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताएका छन् ।
नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले बुधबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बैंकहरुले थोरै कर्मचारीबाट धेरै काम लिइरहेको गुनासो राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले गरेका छन्। । उनले आवश्यक पर्ने कर्मचारी नियुक्त गर्न बैंकरलाई सुझावसमेत दिएका छन् । राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले दसैंमा नोट वितरण गर्दाको अनुभव सुनाउँदै बैंकका उच्च ब्यवस्थापनले कर्मचारीलाई धेरै काम लगाउने गरेको बताएका छन् । बैंकहरुले शाखामा कम कर्मचारी खटाएकै कारण पनि नोट ब्यवस्थापन प्रभावकारी हुन नसकेको उनले बताए ।
यसमा ढुङ्गानाको भने भिन्न मत छ । कर्मचारी ब्यवस्थापन एउटा कुरा हो,ु ढुङ्गानाले भने, तर, अहिले एक हजार रुपैयाँ लिएर हिँड्दा केही पनि आउँदैन ।