पोखरा फाइनान्सका दुई सञ्चालकको राजीनामा स्वीकृत |
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक माया गुरुङ र डा. दीर्घमान गुरुङले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीले सञ्चालकद्वयको राजीनामा कात्तिक २६ गते र २७ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।
कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण र संस्थापकतर्फका दुवै सञ्चालकको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो ।