विश्वकै उत्कृष्ट एयरलाइन्स सिंगापुर एयरलाइन्स |

काठमाडौं । विश्वका एयरलाइन्सहरूमध्ये सिंगापुर एयरलाइन्स पहिलो नम्बरमा पर्न सफल भएको छ । उक्त एयरलाइन्स उत्कृष्ट १० एयरलाइन्सको सूचीमा पहिलो नम्बरमा परेको हो । अष्ट्रेलियाको विमानसम्बन्धी वेबसाइट एयरलाइन रेटिङ्स डटकमले मंगलवार सार्वजनिक गरेको विश्वका उत्कृष्ट १० एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स प्रथम बनेको हो ।
उक्त वेबसाइटले सार्वजनिक गरेको सूचीमा पाँच वर्षदेखि पहिलो नम्बरमा रहँदै आएको एयर न्युजिल्याण्ड हालैको सूचीमा दोस्रो स्थानमा झरेको छ । यस्तै, अष्ट्रेलियाको क्वान्टास तेस्रो, कतार एयरवेज चौथो, भर्जिन अष्ट्रेलिया पाँचौं र युएईको इमिरेट्स छैटौं नम्बरमा परेका छन् । त्यसैगरी, सातौं नम्बरमा अमेरिकाको अल निप्पोन एयरवेज, आठौंमा ताइवानको इभा एयर, नवौंमा हङकङको क्याथे प्यासेफिक एयर र दशौंमा जापान एयरलाइन्स परेका छन् ।
एयरलाइन रेटिङका प्रमुख कार्यकारी निर्देशक एवम् प्रधान सम्पादक जेफ्री थोमसले आफूहरूले गरेको सर्वेक्षणमा सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट ठहरिएको बताए । उनका अनुसार एयरलाइन रेटिङ्स डटकमले प्रदान गर्ने अवार्ड संस्थाका १२ सम्पादकले तय गरेको मापदण्डअनुसार हुन्छ । त्यसमा विमानको आयु, यात्रुको प्रतिक्रिया, मुनाफा, लगानीको श्रेणीकरण, सेवाको प्रस्ताव, कर्मचारीसँगको सम्बन्धजस्ता विषयलाई मापदण्ड बनाइएको उनले बताए ।