बेष्ट फाइनान्सको नाफा ४० लाख |
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले पहिलो त्रैमासमा मुनाफा ४० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ८२ दशमलव ८२ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड ३५ लाख रुपैयाँ कमाएको थियो ।
८१ करोड रुपैयाँ चुक्ता पुँजी बेष्ट फाइनान्सले जगेडाकोषमा १९ करोड २५ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । फाइनान्सले निक्षेपमा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ९९ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा १३ गुणाले वृद्धि गरी २ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ८ करोड ८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । खुद व्याज आम्दानी बढे पनि संचालन मुनाफा नबढेको हुदा नाफा घटाएको हो । फाइनान्सले प्रोभिजनमा पनि ७ करोड रुपैयाँ राखेको छ ।
बेष्ट फाइनान्स कम्पनीको निष्कृय कर्जा २० दशमलव ५० प्रतिशत, जोखिम युक्त सम्पत्ति १७ दशमलव ३० प्रतिशत, प्रतिशेयर आम्दानी शुन्य दशमलव ५ रुपैयाँ, मुल्य आम्दानी अनुपात २१४ दशमलव ५६ गुणा, प्रतिशेयर नेटवर्थ ७६ दशमलव २३ रुपैयाँ र तरलता अनुपात ३९ दशमलव २४ प्रतिशत रहेको छ ।