भारतीयबाट बर्दियामा ११ वर्षे बालिका बलात्कृत |
गुलरिया । बर्दियाकी ११ वर्षे बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन ।
उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको बताइएको छ । बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको छ । बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।
उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उनको अवस्था खतरामुक्त रहेको बर्दिया प्रहरीले जनाएको छ ।