नेपाल−कम्बोडियाबीच हवाई सम्झौंता हुने, कम्बोडियाको प्रधानमन्त्री आउँदा सम्झौंता |
काठमाडौं । नेपाल र कम्बोडियाबीच हवाई सम्झौंता हुने भएको छ । नेपालले दुई वर्ष अघि सम्झौंताका लागि पत्राचार गरेको थियो । द्धिपक्षीय छलफलपछि मंसिर १४ गते हवाई सम्झौंताको हुने गरी टुंगो लागेको हो ।
कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन नेपाल आएका बेला सम्झौतामा हस्ताक्षर हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ । नेपाल−कम्बोडियाबीच हवाई सम्झौंताको लागि प्रक्रिया शुरु भई सकेको छ । दुवै मुलुकको हवाई सेवा सम्झौताको दस्तावेज आदानप्रदान समेत भइसकेको मन्त्रालयको भनाई छ ।
सम्झौंतामा उडान संख्या, कोड सेयर, कार्गो, यात्रु उडान, उडान तालिका लगायतका विषय समावेश हुने बताइएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्न हवाई सम्झौंता गर्न लागिएको हो । कम्बोडियामा बहुसंख्यक बौद्ध धर्मावलम्बी छन्। । गौतम वुद्ध विमानस्थल संचालनमा आउन लागेकोले समेत यो सम्झौंता महत्वपूर्ण मानिएको छ ।