ग्यास बुलेटले ठक्कर दिदा धादिङमा दुईजना पैदल यात्रीको मृत्यु |

काठमाडौं । धादिङको रोराङ गाउँपालिका−५ मा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रीको मृत्यु भएको छ । यूपी ७५एजे ५२०८ नम्बरको ग्यास बुलेटको ठक्करबाट सोही गाउँपालिका−५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जानककारी दिएको छ ।
ग्यास बुलेटले अनियन्त्रित भइ उनीहरुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।