नेपाल पुनːबीमा कम्पनीको आइपिओ आउने |
ललितपुर । नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने बताएको छ । कम्पनीले आइपीओको सम्पूर्ण प्रक्रिया तीन महिना भित्र पुरा गर्ने जानकारी दिएको हो ।
ललितपुरमा आयोजित ५औं वार्षिक कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारीले यस्तो बताएका हुन । दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनːबीमा कम्पनीले आगामी तीन महिनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आइपिओ) जारी गर्न विक्रि प्रबन्धक समेत नियुक्त गरिसेको छ ।
कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले आर्जन भएको मुनाफा बैंकमा राखेर ब्याज मात्र खाने नभएर देशको भौतिक पूर्वाधार निर्माण एवम जलविद्युत उत्पादनमा उपयोग हुनुपर्नेमा जोड दिए ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गाउँ–गाउँमा बीमा सेवा प्रवाह हुनुपर्छ भन्दै जीवन बीमामा ३१ र निर्जीवन बीमा १८ प्रतिशतले वृद्धि भएको जानकारी दिए । पुनः बीमा कम्पनीले गरेको नाफाको प्रशंसा गरे पनि उनले पुनः बीमा कम्पनीले सञ्चालन गर्ने कारोबारको प्रविधिमैत्री समयमा नै विकास नगरेको प्रति भने आक्रोश पोखेका थिए ।
आइपिओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा राष्ट्रिय वािणज्य बैंकको सहायक कम्नपी आरबिबी मर्चेण्ट बैंकलाई यस अघि नै नियुक्त गरिसकेको छ ।
भारत सरकारका स्थापित चार वटा ठूला बीमा कम्पनीले नेपाल पुनः बीमा कम्पनीसँग सहकार्य गरिरहेको र विश्वका एक ग्रेडका पुनः बीमा कम्पनीले नेपालको पुनः बीमा कम्पनीसँग काम गर्ने इच्छा देखाएको समेत भण्डारीले बताए ।
सात अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको कम्पनीका अध्यक्ष रमेश गँुरागाईले बताए । प्रभावकारी पुनः बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले एक अर्ब ५० करोड कम्पनीले बीमा शुल्क आर्जन गरेको जानकारी दिए ।
विदेशी मुद्रा सञ्चितिमा पुनः बीमाबाट केही योगदान भएको बताउँदै उनले पुनः बीमाले विश्वभरी रहेका पुन बीमा कम्पनीसँग सहकार्य गरेर देशको विदेशी मुद्रा आर्जनमा सहयोग गर्ने बताए । सरकारले सार्वजनिक गरेको स्वास्थ्य बीमा कार्यक्रमले भने बीमा बजारमा भ्रण सृजना गरेको उनले आरोप लगाए ।