निश्चल बस्नेत र स्वस्तिमा खड्काले आफ्नो प्रशंसकहरुसंग कोक र आफ्ना भावनाहरु साटे |
काठमाडौं । लोकप्रिय अभिनेता तथा नेपाली फिल्म उद्योगका प्रखर जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का कोकाकोलासंगको सहकार्यमा रहेका छन् । उनीहरु काठमाडौँको विभिन्न मल्स र सुपरमार्केटहरूमा गएर आफ्नो प्रसंशकहरुलाई कोका–कोला बाँडिरहेका छन् र सबैलाई आफ्नो भावनाहरु प्रियजनसंग बाँड्नका लागि प्रोत्साहन गरिरहेका छन् ।
पहिलो दिन, उनीहरु लबीम मलको भ्रमण गरेका थिए जहाँ एक जोडीले उनिहरुसंग कुरा गर्दै भने, “हामी सधैँ कोकलाई माया गर्छौ र मलाई सम्झना छ हामीले हाम्रो पहिलो डेटमा कोक पेयका थियौं र आज हामी यहाँ हाम्रो एक वर्षको उत्सव मनाउन आएका छौ । यस विशेष दिनमा विशेष संदेश ʽनिश्चल मायाका लगिʼ र ʽसुख दुःखको साथका लगिʼ लेखीएको कोकको बोटल एक अर्कालाई दिन पाउँदा हामी नीकै खुसि छौँ ।
दोस्रो दिन, स्वस्तिमा खड्काले केएल टवरको भ्रमण गरिन् र आफ्ना प्रशंसकहरूलाई व्यक्तिगत संदेशद्वारा धन्यवाद दीईन् ʽतपाईहरु मेरो लक हुनुहुन्छ र म तपाईहरुलाई माया गर्छु र मलाई पनि यसरि नै सधै माया गरिरहनुस् । केएल टवरमा, दुई साथीहरु जो दुबै विदेशमा थिए र अचानक ६ वर्षपछि भेट भएका थिए । उनीहरु तिहारको किनमेलका लागि त्यहाँ गएका थिए । उनीहरुले कोकको विशेष संदेश ʽसुमधुर मिलनका लागिʼ र ʽरमाइला ती जामघटका लागिʼ लेखिएको बोतल एक अर्कालाई बाँडेर निकै भावुक भएका थिए । उनीहरुले भने, ʽयो नयाँ कोकको बोतलले मेरो लागी मेरो साथीको महत्व ठ्याक्कै दर्शाएको आभास भएको छ ।ʼ स्वस्तिमाले आफ्ना फ्यानहरुलाई कोका–कोलाको विशेष बोतलले आश्चार्य चकित बनाएकी थिईन् । सबैजसो स्थानहरुमा उनका प्रशंसकहरुले उनको अटोग्राफसहितको कोक बोतल लिनका लागि घेरेका थिए ।
दशैं र तिहारको महोत्सवको अवधिभर, कोका–कोलाले आफ्ना मनपर्नेहरुका साथमा भावना बाँड्न उत्साहित गर्नका लागि अभियानको रुपमा हालै १६ विशेष संदेश लेखिएको कोका–कोला बोतल सार्वजनिक गरेको थियो । कोका–कोलाको विशेष संदेश लेखिएको बोतलका साथमा खुशीयाली बाँड्न चर्चित अभिनेता र अभिनेत्री निश्चल बस्नेत र स्वस्तिमा खड्काले विभिन्न स्थानहरुमा भ्रमण गरेर आफ्ना भावनाहरु तथा दशैंको शुभकामना आफ्ना प्रशंसकहरु तथा उनलाई मनपराउने हरेक मानिसहरुसँग आदान प्रदान गरेका छन् ।
कोका–कोला नेपालका देशिय निर्देशक अम्बुज सिंहले भने, ʽआफ्ना भावनाहरु साटिन तथा एक आपसमा जोडिनका लागि दशैं र तिहार भन्दा ठुलो अर्को अवसर कुनै छैन । हामी आशा गर्दछौंकी तपाईँले निश्चल बस्नेत र स्वस्तिमा खड्कासँग भेट्न पाउँदा रमाईलो महशुस गर्नुभयो होला । निश्चल बस्नेत र स्वस्तिमा खड्काले यो अभियानमा हामीलाई शुरु देखि नै साथ दिँदै आउनु भएको छ । यो चाडपर्वमय मौसममा कोक बाँड्दै तथा आफ्ना मनपर्नेहरुका साथमा सम्बन्ध बनाउँदै अगाडी बढिरहन हुन तपाईँलाई हाम्रो हार्दिक शुभकामना अभिव्यक्त गर्न चाहन्छौं ।ʼ