मुटू रोगको उपचार घरबाटै गर्न सकिन्छː डा. कपुर |
काठमाडौं । डा. कपुरको भनाई अनुसार यदि विरामीलाई मुटूमा समस्या भएर डक्टरकोमा आउदासम्म उपचारको लागि धेरै ढिला भइसकेको हुन सक्छ यसर्थ यस्ता मुटूको रोगीहरुको जीवन सुरक्षणको लागि वारम्बार अस्पताल धाउन नपर्ने गरी घरैबाट उपचारको थालनी गरेर यस्ता रोगको लक्षण पत्ता लगाउन सकिन्छ ।
बजारमा छिटै आउन लागेको नयाँ प्रविधि भेस्टले विरामीको कपडाको माथि लगाएर फोक्सोमा भएको कृयाकलापलाई परिक्षण गर्ने गर्दछ । जब मुटूले राम्ररी रगत प्रवाह गर्न छोडछ । तब स्वास प्रश्वासको तथा अन्य कारणले फेक्सोमा तरल पदार्थ थुप्रिन थाल्छ । यो प्रकृया विरामीले चालै नपाई एक दुई हप्ता अघिनै शुरु भई सकेको हुन्छ तसर्थ उपचारको लागि हतारिनु भन्दा यो नयाँ प्रविधिको भेस्ट प्रयोग गरेर ३ मिनेटमै लक्षणहरु थहा पाउन सकिन्छ । जसले सुचना प्रवाह गर्ने र औषधी उपचार, खानपिनमा सयमता लगायत सजगता अपनाउन सकिन्छ हरेक मुटू रोगीले विशेषत पर्यावरणीय दुषितबाट जोगीनु पर्ने कुरामा विशेष जोड दिइएको छ ।
डा. कपुरले हरेक मनिसले तनाव रहित जीवनशैलि बाच्नको लागि प्रसस्त फलफूल तथा सागसब्जी खाने, नियमित व्यायाम गर्ने धुम्रपान तथा मद्यपान त्याग्ने प्रसस्त झोलिलो पदार्थ पिउने, पर्याप्त मात्रा सुत्ने र तनाव रहित जीवन जिउनु पर्ने कुराको जोड दिएका छन् ।
अध्ययन अनुसार प्रत्येक बर्ष नेपालमा ४ मध्ये १ जना मृत्युको कारण हृदय रोग हुने गरेको छ । हृदय रोग जोखिम कारकहरुको बृद्धिले गर्दा २०३० सम्ममा यसले मृत्यु दरको ३५% ओगटने अनुमान गरिएको छ ।
विश्वविख्यात हृदय रोग विशेषज्ञ डा. रजनिश कपुर, जसलाई भारत सरकारबाट पंजाब रत्नको उपाधी प्राप्त छ । उनले जटिल हृदय सम्बन्धि कार्यशाला गर्न नेपाल आएका थिए । उनको भनाई अनुसार सबै व्यक्तिहरु हृदयधातका कारण मर्दैनन् प्रायजसो ह्दय रोगका विरामीहरु हृदयले राम्रो संग रगत प्रवाह नगर्ने समस्याका कारण पिडीत छन् ।
हृदय रोग बृद्ध उमेरका मानिसहरुमा बढि प्रभावित हुन्छन र मधुमेह र मोटोपनाको कारण पनि हृदयरोगको व्यापक बृद्धि भइरहेको छ भनेर डा. कपुरले भनेका छन् । हृदय रोगको मूत्यु दर कम गर्नको लागि आधुनिक उपचार विधिद्वारा मेदान्त अस्पताल सधैनै प्रथम स्थानमा छ र रहिरहने उनको भनाई थियो ।