कामना सेवा विकास बैंकको नाफा २८ लाख |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफा २८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनामा ३६ दशमलव १७ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोहि अवधिमा बैकले मुनाफा २० लाख रुपैयाँ मात्र कमाएको थियो ।
२ अर्ब ५० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडकोषमा ७१ करोड ९४ लाख रुपैयाँ राखेको छ ।
निक्षेपमा १५ अर्ब ९७ करोड ४५ लाख रुपैयाँ संकलन गरी कर्जामा १४ अर्ब १८ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४४ दशमलव ७९ प्रतिशतले बढेर १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४४ लाख रुपैयाँ आर्जन गरको छ ।
बैंकको निष्कृय कर्जा १ दशमलव ७१ प्रतिशत, पूँजीकोष अनुपात २४ दशमलव १४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक शुन्य दशमलव ४५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३३५ दशमलव ५५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३७ दशमलव १२ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ५ प्रतिशत रहेको छ । बैंकको बेस रेट ११ दशमलव ८३ प्रतिशत रहेको छ ।