सिभिल लघुवित्त र सिर्जना फाइनान्सले लाभांश घोषणा गरे |

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सले लामांश घोषणा गरेका छन् । यी दुबै सस्थाले गत आर्थिक बर्ष २०७४⁄७५ को नाफाबाट शेयरधनीलाई मंगलबार लाभांश घोषणा गरेका हुन ।

सिभिलले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर तथा ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक बर्ष सिभिलले चुक्ता पूँजीको ४ प्रतिशत बोनस तथा ०.२३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यसैगरि सिर्जना फाइनान्सले चुक्ता पूँजीको १५ प्रतिशत बोनस तथा ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिर्जना फाइनान्सले अघिल्लो आर्थिक बर्ष चुक्ता पूँजीको ३२.५० प्रतिशत बोनस तथा २.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।