सामुदायिक लघुवित्तको आइपीओ मंसिर २ बाट |
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंसिर २ गतेदेखि तीन लाख कित्ता सर्वसधारण शेयर निष्काशन गर्ने भएको छ । प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि दुई लाख ७३ हजार कित्ता आइपिओ छिटोमा मंसिर ५ गतेसम्म निष्काशन गर्ने सस्थाले जानकारी दिएको छ ।
यदि पहिलो चरणमा बिक्री नभएमा संस्थाले ढिलोमा पुष २ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ जानकारी दिएको छ । संस्थाले जम्मा निष्काशनमध्ये १२ हजार कित्ता कर्मचारीहरुको लागि र सामुहिक लगानी कोषको लागि १५ हजार कित्ता शेयर सुरक्षित गरेको छ ।
प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी संस्थापक तर्फको ७० प्रतिशत अर्थात ७ करोड रुपैयाँ र सर्वसाधारण तर्फको ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँ पुग्नेछ । प्राथमिक शेयरमा आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ ।