एनआईसी एशियाको अर्को ‘चामत्कारिक बचत खाता’, मौज्दातमा सुन तथा चाँदी उपहार |
काठमाडौं । एनआईसी एशिया बैंकले दीपावलीको अवसरमा नेपाली नारीहरूका लागि फेरि ७ प्रतिशत ब्याजसहितको ‘चामत्कारिक बचत खाता’ योजना सार्वजनिक ल्याएको छ । बैंकले सुन तथा चाँदीको उपहारहरूसहित चामत्कारिक विशेषतासहितको बचत खाता सञ्चालनमा ल्याएको हो ।
उक्त योजनाअन्तर्गत न्यूनतम मौज्दात १ हजार रुपैयाँ, दैनिक न्यूनतम मौज्दातका आधारमा त्रैमासिक ब्याज भुक्तानीलगायत वार्षिक औसत मौज्दातका आधारमा सुन तथा चाँदी उपहार रहेको यस योजनाको मुख्य विशेषता हो । यस योजनाा सहभागी हुनलाई अनलाइनबाटै शून्य मौज्दातमा खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।
उपहारहरूः
१० ग्राम चाँदीको सिक्का : यो बचत खाता खोलेपछि ग्राहकहरूको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात १ लाख रुपैयाँ भएमा १० ग्रामको चाँदीको सिक्का ग्राहकहरूले बैंकको तर्फबाट उपहारस्वरुप पाउनेछन् ।
२५ ग्राम चाँदीको सिक्का : यो बचत खाता खोलेपछि ग्राहकहरूको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात २ लाख रुपैयाँ भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहारस्वरुप ग्राहकले पाउन सक्नेछन् ।
२.५ ग्राम सुनको सिक्का : यो बचत खाता खोलेपछि ग्राहकहरूको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात १५ लाख रुपैयाँ भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहारस्वरुप पाउन सक्नेछन् ।
५ ग्राम सुनको सिक्का : यो बचत खातामा ग्राहकहरूको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात ३० लाख रुपैयाँ भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहारस्वरुप पाउन सक्नेछन् ।