जोशी हाइड्रोपावरलाई १६ लाख ९० हजार कित्ता आइपीओ विक्री गर्न अनुमति |
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता आइपीओ विक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
यो आइपीओमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । जोशीले गत जेठ ८ गतेदेखि असार ११ गतेसम्म इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ लाख ७१ हजार ४०० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले इलाम जिल्लामा ३ मेगावाटको अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।