सानिमा जनरल इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच बैंकासुरेन्स |
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लिमिटेडबीच निर्जीवन बीमा सेवा प्रदान गर्नेसम्वन्धमा बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतासँगै अब सानिमा जनरल इन्स्योरेन्सले आफ्ना थप सेवाहरू उक्त बैंकका विभिन्न शाखामार्फत प्रदान गर्नेछ ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पूँजी १ अर्ब रुपैयाँ र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षभित्र ३० करोड रुपैयाँबराबरको शेयर सर्वसाधारणका लागि जारी गरी चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।