एनआईसी एशियाको मोबाइल बैंकिङबाट भाइटीकाको दक्षिणा ट्रान्सफर गरे रू. १०० बोनस |
काठमाडौं । एनआईसी एशिया बैंकले तिहारको उपलक्ष्यमा ‘सोच बदलौं, भाइटीकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने नाराका साथ नयाँ स्किम ल्याएको छ । बैंकले उक्त योजनामा सहभागी बन्ने ग्राहकहरूलाई रू. १०० रुपैयाँ बोनस उपलब्ध गराउने जानकारी दिएको छ ।
बैंकले भाइटीकाको उपलक्ष्यमा दिइने दक्षिणा रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवाबाट ट्रान्सफर गर्दा १०० रुपैयाँबराबरको बोनस उपलब्ध गराउने बताएको छ । उक्त बोनस रकम दक्षिणा प्राप्त गर्ने व्यक्तिले पाउने बैंकले जानकारी दिएको छ ।
बैंकका देशभर २६५ शाखा कार्यालयहरू, २६५ एटीएम, २७ वटा एक्सटेन्सन काउण्टर र १८ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंकको वासलातको आकार २०० अर्ब भन्दा बढी पुगेको छ । बैंकसँग कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १४१ अर्ब रुपैयाँ पुगिसकेको छ । बैंकको ग्राहक संख्या १३ लाख ५० हजार पुगेको छ ।