हुम्लामा हिमपात, तापक्रम माइनस ६ डिग्री |
हुम्ला । हिमाली जिल्ला हुम्लामा आज बिहान हिमपात भएको छ । गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।
आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो ।
यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने स्थानियको भनाई छ ।