सहयोगी विकास बैंकको नाफामा २२७ प्रतिशत वृद्धि |
काठमाडौं । सहयोगी विकास बैंकले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा खुदनाफा २२७ प्रतिशत बढाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद घाटा १ करोड १ लाख रुपैयाँ रहेको थियो । गत असोजसम्म बैंकको खुद नाफा १ करोड २८ लाख रुपैयाँ छ ।
बैंकको निष्क्रिय कर्जा घटेर १.२३ प्रतिशतमा झरेको छ । गत बर्ष बैंकको निष्क्रिय कर्जा २.५४ प्रतिशत रहेको थियो । प्रतिशेयर आम्दानी १०.१२ रहेको यस बैंकको सीसीडी रेसियो ६८ प्रतिशत रहेको छ । सबै आर्थिक सूचकांकहरू आगामी दिनमा अझ सुधार गर्दै प्रगतिको ठूलो फड्को मार्ने र शेयर मूल्यमा राम्रो प्रतिफल दिने प्रतिबद्धता बैंकले गरेको छ ।
जनकपुरमा मुख्य कार्यालय रहेको यस बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न स्थानमा गरी ११ स्थानमा शाखा विस्तार गरी बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले थप ३ स्थानमा चाँडै नै शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य बैंकले लिएको छ ।
५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्तापूँजी रहेकोयस बैंकले हालसम्म ४ अर्ब ४५ करोड ५६ लाख निक्षेप संकलन गरी ३ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सञ्चित कोषको आकार २३ करोड ६४ लाख रुपैयाँ छ ।