मिथिला लघुवित्तको नाफा १४० प्रतिशतले वृद्धि |
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफा १४० दशमलव ८४ प्रतिशतले वृद्धि गरी ३५ लाख रुपैयाँ कमाएको छ । जबकी अघिल्लो वर्षको सोहि अवधिमा १४ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
मिथिलाले निक्षेपमा १९ करोड १० लाख रुपैयाँ संकलन गरिएको छ । जसले कर्जामा ४१ दशमलव ८९ प्रतिशतले वृद्धि गरी ६७ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । मिथिलाको खुद व्याज आम्दानीमा १८ दशमलव १८ प्रतिशतले बढेर १ करोड ३१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ११३ दशमलव ६३ प्रतिशतले वृद्धि गरी ४७ लाख रुपैयाँ पुगेको छ ।
मिथिलाको निष्कृय कर्जा ३ दशमलव ५० प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ८५ प्रतिशत, प्रतिशेयर आम्दानी २१ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४० दशमलव ५१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३९ दशमलव २२ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ३६ प्रतिशत रहेको छ ।